नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बीच बधाई सन्देश आदानप्रदान

CRIPublished: 2024-11-01 15:40:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर १ तारिख चीन र संयुक्त अरब इमिरेट्स बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मदलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले औँल्याउनुभएको छ, ‘चीन र संयुक्त अरब इमिरेट्स एक अर्कालाई विश्वास गर्ने, पारस्परिक लाभ पाउने असल साथी हुन्। दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्षहरूमा, दुई देशको सम्बन्धले स्थिर र स्वस्थ्य रूपमा विकास गरिरहेको छ, राजनीतिक पारस्परिक विश्वास निरन्तरताका साथ सुदृढ पारिरहेको छ, रणनीतिक विकास गहिरो रूपमा आदानप्रदान भइरहेको छ, विभिन्न क्षेत्रहरूका व्यावहारिक सहकार्यमा फलदायक नतिजाहरू प्राप्त भइरहेका छन्, साँस्कृतिक आदानप्रदान घनिष्ट बनिरहेको छ र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा असल छलफल र समन्वय कायम राखिरहेको छ।’

उहाँले भन्नुभयो,‘चालु वर्ष मे महिनामा यहाँ राष्ट्रपतिको चीनको राष्ट्रिय भ्रमणमा म र तपाईँबीचमा महत्वपूर्ण सहमति भएर अर्को चरणको दुई देशको सम्बन्धको विकास दिशा स्पष्ट भएको छ। म दुई देशबीचको सम्बन्धको विकासलाई उच्च मूल्याङ्कन गर्छु र राष्ट्रपतिसँग संयुक्त रूपमा प्रयास गरी यो ४०औँ वार्षिकोत्सवको प्रारम्भिक बिन्दुमा चीन- संयुक्त अरब इमिरेट्स सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्ध उच्च स्तरमा अघि बढाउन प्रवर्द्धन गर्न र दुई देशका जनतालाई थप हित र लाभ हासिल गर्न क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताको लागि अझ ठूलो भूमिका खेल्न इच्छुक छु।’

सोही दिन, चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि संयुक्त अरब इमिरेट्सका उप राष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मदलाई बधाई सन्देश पठाउनुभएको छ। प्रधानमन्त्री ली छ्याङले चीनले सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङ र राष्ट्रपति मोहम्मद बीचको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्ने र सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको अर्थमा निरन्तरताका साथ अगाडि बढाउनका लागि संयुक्त अरब इमिरेट्ससँग हात मिलाएर प्रयास गर्ने व्यक्त गर्नुभएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn