नेपाली

इतिहास लेख्दै पैचिङ

criPublished: 2024-01-15 15:25:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "इतिहास लेख्दै पैचिङ"; var guid = "b7655a2ad9a3419ba835844183d6570b";

सन् २०१३ मा थोमस बाख अन्तर्राष्ट्रिय ओलम्पिक समितिको (आईओसी) अध्यक्षमा निर्वाचित भएपछि उहाँले आफ्नो पहिलो विदेश भ्रमणका लागि चीन रोज्नुभएको थियो। सोही वर्षमा चीनले सन् २०२२ को हिउँदे ओलम्पिक खेलकुदको आयोजनाका लागि आधिकारिक रूपमा आफ्नो आवेदन पेश गरेको थियो। सन् २०१७ को जनवरीमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आइओसीको मुख्यालयको भ्रमण गर्नुभएको थियो। थोमस बाखले राष्ट्राध्यक्ष सीबारे चर्चा गर्दै यसरी भन्नुभयो "राष्ट्राध्यक्ष सी खेलकुदका विशेषज्ञ हुनुहुन्छ" म प्रभावित भएको छु। शारीरिक र मानसिक रुपमा स्वस्थ समाज निर्माणका लागि खेलकुद महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

सन् २०२२ को हिउँदे ओलम्पिक खेलकुद आयोजनाका लागि आवेदन दिने सुरुवातमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्ताव गर्दै भन्नुभयो, "यस पटकको ओलम्पिक खेलकूद आयोजना गर्नुमा चीनको सबैभन्दा ठूलो उद्देश्य ३० करोड मानिसलाई बरफ र हिउँदे खेलमा सहभागी गराउनु हो। त्यसको दुई वर्षपछि आज चीनमा हिउँ र हिउँदे खेल लोकप्रिय बनेको छ। अनगिन्ती मानिसहरू हिउँदे खेलमा रमाएका छन्।

बाखको नजरमा "पैचिङ हिउँदे ओलम्पिक खेलकूद एक कोसेढुङ्गा थियो जुन पैचिङ हिउँदे ओलम्पिकपछि वास्तवमै विश्वव्यापी बरफ र हिउँदे खेलहरु लोकप्रिय बनेका छन्। बाखले ओलम्पिक खेलका लागि राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभएको ठूलो समर्थनका लागि धन्यवाद पनि दिनुभयो। 'हाम्रा चिनियाँ साझेदारहरूले एउटा लक्ष्य तय गरिसकेपछि उहाँहरूले ठूलो दृढता र प्रेरणाका साथ त्यो काम पूरा गर्दै जानुहुने छ। त्यसै कारणले पैचिङले इतिहास लेखिरहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn