नेपाली

राष्ट्राध्यक्ष सीद्वारा ठूलो मुलुक बीचको प्रतिस्पर्धा यस युगको प्रवाह नभएको व्यक्त

criPublished: 2023-11-16 11:44:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सीद्वारा ठूलो मुलुक बीचको प्रतिस्पर्धा यस युगको प्रवाह नभएको व्यक्त"; var guid = "7f0a90873a9744da82d4b696110c42e4";

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर १५ तारिख अमेरिकाको सान फ्रान्सिसकोमा अवस्थित फिलोली गार्डेन्समा अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले विगत ५० वर्षयता चीन-अमेरिका सम्बन्ध कहिल्यै पनि सुचारु नभएको र यस्तो ठूलो मुलुक बीच आदान-प्रदान नभएमा समस्याको समाधान हुँदैन तथा एक-अर्कालाई परिवर्तन गर्ने सम्भावना पनि हुँदैन भन्नुहुँदै आपसी भिडन्तको परिणाम पनि कसैले वहन गर्न नसक्ने औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले ठूलो मुलुक बीचको प्रतिस्पर्धा यस युगको प्रवाह नभएको र त्यसले चीन, अमेरिका र विश्व सामू देखा परेका समस्याको समाधान गर्न नसक्ने बताउनुभयो। दुवै पक्षले आपसी सम्मान गर्ने, शान्तिपूर्ण सहअस्तित्व, सहयोग तथा साझा जीत चाहने हो भने मतभेदलाई पन्छाएर दुवै देशले एक अर्कालाई व्यवहार गर्ने सही बाटो खोज्न सक्ने र चीन-अमेरिका सम्बन्धको भविष्य उज्यालो हुने विश्वास राष्ट्राध्यक्ष सीले गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn