नेपाली

ब्रिक्स विस्तारबाट विश्व शान्ति र विकासमा शक्ति थपिँदै जाने

criPublished: 2023-08-25 13:45:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "ब्रिक्स विस्तारबाट विश्व शान्ति र विकासमा शक्ति थपिँदै जाने"; var guid = "7436466271154eaa91651653b0d995f1";

अगष्ट २४ तारिख १५ औँ ब्रिक्स शिखरसम्मेलनको विशेष पत्रकार सम्मेलन दक्षिण अफ्रिकाको जोहानसबर्गमा आयोजना भएको छ। उक्त पत्रकार सम्मेलनमा साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, अर्जेन्टिना, इरान र इथियोपिया औपचारिक रूपमा ब्रिक्सको सदस्य बनेको घोषणा गरिएको छ।

यसबारे चर्चा गर्दै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयोः यो विस्तार ऐतिहासिक छ। विकासोन्मुख देशहरूसँग एकता र सहयोग गर्ने ब्रिक्स देशहरूको अठोटलाई प्रतिबिम्बित गर्दछ र अन्तर्राष्ट्रिय समुदायको अपेक्षासँग अनुकूल छ। साथै उदीयमान बजारमूलक देशहरू र विकासोन्मुख देशहरूको साझा हितसँग पनि मेल खान्छ। सदस्यताको विस्तार नै ब्रिक्स सहयोगको एक नयाँ शुरुवात बिन्दु हो जसबाट ब्रिक्स सहयोग संयन्त्रमा नयाँ जीवन शक्ति प्रदान गरिनुका साथै विश्व शान्ति र विकासको शक्तिलाई थप बलियो बनाइने विश्वास पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

थाहा भए अनुसार, ब्रिक्स भनेको ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको संक्षिप्त नाम हो र यो सन् २००६ मा सुरु गरिएको एक अन्तर्राष्ट्रिय सहयोग संयन्त्र हो। यस पटकको शिखर सम्मेलनमा २० भन्दा बढी देशहरूले ब्रिक्समा सहभागी हुन आवेदन दिएका छन्। जसबाट अन्तर्राष्ट्रिय मामिलामा ब्रिक्स सहयोग संयन्त्रको जीवन्तता र आकर्षण तथा रणनीतिक मूल्य प्रतिविम्वित भएको छ।

सी चिनफिङका अनुसार, कुल ४ अर्ब अमेरिकी डलर बराबरको विश्व विकास र दक्षिण-दक्षिण सहयोग कोष चीनले स्थापित गरेको छ र चाँडै नै विश्व विकास अवधारणाको कार्यान्वयनका लागि विशेष कोषका रूपमा १० अर्ब अमेरिकी डलर बराबरको विशेष कोष सुरु गर्ने चीनले जनाएको छ। यसका साथै चीनले ब्रिक्स मुलुकका वैज्ञानिक र प्राविधिक नवप्रवर्तन उपलब्धिको रूपान्तरणका लागि सहयोग प्रदान गर्नुका साथै कृषि, पर्यावरण र प्रकोप न्युनीकरणमा सम्बद्ध देशहरूको क्षमता अभिवृद्धिमा पनि सहयोग गर्नेछ। महिलाको रोजगारी र नवप्रवर्तन लगायत शैक्षिक क्षेत्रमा पनि चीनले सहयोगलाई बढाउँदै जाने छ।

Share this story on

Messenger Pinterest LinkedIn