नेपाली

ढुङ्गाको बिक्रीदेखि दृष्य बिक्रीसम्म

criPublished: 2023-02-23 15:03:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "ढुङ्गाको बिक्रीदेखि दृष्य बिक्रीसम्म"; var guid = "e6fb1732284e4418a40226a30a6cfb95";

पूर्वी चीनको चच्याङ प्रान्तको यु गाउँमा, १९ वर्ष अगाडि फान छुन लिन तथा धेरै वासिन्दाहरू स्थानीय खानीमा काम गर्थे जतिखेर स्थानीय वातावरण खानीको प्रदूषणबाट नराम्रो थियो।

सन् २००५ को अगस्ट १५ तारिख, तत्कालीन चच्याङ प्रान्तीय सचिव सी चिनफिङले यु गाउँमा गएर पहिलो पटक स्वच्छ नदी र हरित पहाड सुन र चाँदी भन्ने अवधारणा प्रस्तुत गर्नुभएको थियो। सरकारको समर्थनमा यु गाउँको वातावरणीय प्रदूषण समाधान गर्दै सबै प्रदूषणकारी व्यवसायलाई बन्द गरियो र पर्यावरणीय गाउँको निर्माण भई गाउँ पर्यटनको गन्तव्य बनाइयो।

पर्यावरणीय सुधारको साथमा फान छुन लिनले एउटा होटेल व्यवसाय स्थापना गरी राम्रो रूपमा सञ्चालन गर्दै आएका छन्। यु गाउँको हरित विकासको मोडललाई संयुक्त राष्ट्र संघले पनि प्रशंसा गरी ‘नमुना पर्यटन गाउँ’ भन्ने उपमा दिएको छ। यु गाउँमा ढुङगाको बिक्रीबाट सुन्दर दृष्यको बिक्रीसम्म परिवर्तन भएर सन् २०२१ मा लगभग ९ लाख पर्यटकले यात्रा गरे भने स्थानीय वासिन्दाको औसत आम्दानी ६१ हजार चिनियाँ युआनसम्म पुग्यो।

Share this story on

Messenger Pinterest LinkedIn