नेपाली

चीनका राष्ट्राध्यक्ष सीद्वारा राष्ट्रिय ऊर्जा-स्रोत ग्रुपअन्तर्गत युलिन रासायनिक उद्योग कम्पनीको निरीक्षण

criPublished: 2021-09-14 15:26:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर १३ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पल्लो शानसी प्रान्तको युलिन सहरको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले चीनको राष्ट्रिय ऊर्जा-स्रोत ग्रुप अन्तर्गत युलिन रासायनिक उद्योग कम्पनीमा गएर कोइला पुनःप्रयोग गर्ने परियोजनाको जानकारी लिनुभएको छ।

चीनको राष्ट्रिय ऊर्जा-स्रोत ग्रुप अन्तर्गत युलिन रासायनिक उद्योग कम्पनी सन् २०१२ मार्चमा स्थापना गरिएको हो। यो पल्लो शानसी प्रान्तको उत्तरी भागमा अवस्थित माउ उ सु मरूभूमिमा छ। केही वर्षयता उक्त कम्पनीले हरित विकास बाटोमा हिँडेर कोइला पुनःप्रयोग गर्ने परियोजनाको सिर्जना गरी लगभग शून्य औद्योगिक फोहोर पानीको उत्सर्जनको लक्ष्यलाई साकार तुल्याएको छ।

Share this story on

Messenger Pinterest LinkedIn