नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पल्लो शानसीको निरीक्षण

criPublished: 2021-09-14 14:56:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १३ तारिख चीनको पल्लो शानसी प्रान्तको युलिन शहरको निरीक्षण गर्नुभएको छ। उहाँले अघिपछि गरी राष्ट्रिय ऊर्जा-स्रोत दल अन्तर्गत युलिन रासायनिक उद्योग लिमिटेड कम्पनी, मिच जिल्ला मातहतको काउ सी कौ गाउँ र याङ च्या कौ नामक पुरानो क्रान्तिकारी स्थलको अवलोकन गर्नुभएको छ।

राष्ट्रिय ऊर्जा-स्रोत दल अन्तर्गत युलिन रासायनिक उद्योग लिमिटेड कम्पनीमा राष्ट्राध्यक्ष सीले चक्रबद्ध अर्थतन्त्रयुक्त कोइला प्रयोगको अवस्थाबारे जानकारी लिनुभएको छ।

यसै गरी, मिच जिल्ला मातहतको काउ सी कौ गाउँ पुगेर राष्ट्राध्यक्ष सीले भूक्षयको रोकथाम र पर्यावरणीय सभ्यताको निर्माण अवस्थाको निरीक्षण गर्नुभएको छ।

यस्तै, याङ च्या कौ क्रान्तिकारी स्थलको अवलोकन गर्ने क्रममा राष्ट्राध्यक्ष सीले पुरानो क्रान्तिकारी स्थलको संरक्षण, सदुपयोग र लाल भावनाको उत्तराधिकार आदि अवस्थाबारे पनि गहन रूपमा जानकारी लिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn