नेपाली

पर्यावरण खजाना, स्रोत र सम्पत्ति हो: सी चिनफिङ #चिनियाँराष्ट्राध्यक्ष

criPublished: 2021-06-09 10:06:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

८ तारिख दिउँसो चीनका राष्ट्रध्यक्ष सी चिनफिङले छिङ हाइ तालको स्येन न्यु खाडी पुगेर छिङहाइ ताल वातावरणको वृहत् शासन, जीव विविधताको संरक्षण कार्यको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले पहिला आफूले तीन नदीको स्रोत तथा छी ल्येन पहाडको भ्रमण गरेको र यस पटक विशेष गरी छिङ हाइ तालको भ्रमण गर्न आएको बताउनुभयो।

उहाँले पारिस्थितिक सभ्यतासम्बन्धी छिङ हाइको रणनीतिक स्थान निकै महत्वपूर्ण रहेको भन्दै छिङ हाइको पारिस्थितिक सभ्यताको राम्रोसँग निर्माण गर्ने, पारिस्थितिक स्रोतको राम्रोसँग संरक्षण गर्ने, राष्ट्रिय पारिस्थितिक रणनीतिलाई राम्रोसँग व्यवहारमा उतार्ने, राष्ट्रिय पार्कको राम्रोसँग निर्माण गर्ने कुरा दोहोर्याउनुभयो। पारिस्थितिक स्रोत, सम्पत्ति र खजाना भएको पनि सीले व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn