नेपाली

#राष्ट्राध्यक्ष सीका क्षणहरू#युशुको भविष्य अझ राम्रो हुनेकुरामा सी चिनफिङको जोड

criPublished: 2021-03-08 15:25:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च सात तारिख दिउँसो, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तेह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको चौधो अधिवेशनको छिङहाई प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा भाग लिनुभएको छ।

छिङहाई प्रान्त युशु जिल्लाबाट आएका प्रतिनिधि चासीतोचेसँग कुराकानी गर्दै राष्ट्राध्यक्ष सीले भूकम्पको प्रतिरोध र प्रकोपको उद्धार तथा गरिवी निवारण कार्यमार्फत युशुका जनताले चिनियाँ कम्युनिष्ट पार्टीको ख्याल-विचार र शक्ति अनुभूत गरेको भन्दै भविष्यका सन्तानले स्वास्थ्य, आधुनिक र सुखमय जीवन बिताएर मात्रै युशुको भविश्य आशावादी हुने बताउनुभयो। राष्ट्राध्यक्ष सीले आफूले पनि युशुको विकासमा ध्यान दिएको उल्लेख गर्नुभयो।

सन् २०१० को अप्रिलमा युशु जिल्लामा ७.१ रेक्टर स्केलको भूकम्प गएको थियो। सोही वर्षको जुन महिनामा तत्कालीन चीनका उपराष्ट्राध्यक्षको रूपमा सी चिन फिङले युशु भूकम्पग्रस्त क्षेत्रमा पुगेर त्यहाँका जनतालाई सान्त्वना दिनुभएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn