नेपाली

राष्ट्राध्यक्ष सीको क्वाङ तोङ प्रान्तको निरीक्षण

criPublished: 2020-10-13 15:39:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङ क्वाङ तोङ प्रान्तको निरीक्षण भ्रमण गर्न त्यहाँ अक्टोबर १२ तारिख पुग्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनपछि राष्ट्राध्यक्ष सीले क्वाङ तोङ प्रान्तको निरीक्षण गर्नुभएको यो तेस्रो पटक हो।

क्वाङ तोङ प्रान्तलाई पहिलेदेखि चीनको सुधार र खुलापनको “अग्रज” मानिन्छ। सन् १९८९ देखि क्वाङ तोङ प्रान्तको कूल गार्हस्थ उत्पादन मात्रा निरन्तर ३१ वर्षमा चीनको पहिलो स्थानमा रहँदै आएको छ र चीनको पहिलो आर्थिक प्रान्त बनेको छ। सन् २०१९ मा क्वाङ तोङ प्रान्तको कूल गार्हस्थ उत्पादन मात्रा १०० खर्ब चिनियाँ युआन नाघ्नुका साथै वर्तमान मापदण्ड बमोजिम सम्पूर्ण प्रान्तका १६ लाख १५ हजार जनसंख्या विपन्न अवस्थाबाट मुक्त भएका छन्। गरिबी निवारण युद्धमा निर्णायक विजय हासिल भएको छ। सन् २०१२ मा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनपछि राष्ट्राध्यक्ष सीले सर्वप्रथम क्वाङ तोङ प्रान्तको निरीक्षण गर्नुभएको थियो। सन् २०१८ मा चीनमा सुधार र खुलापन अपनाइएको ४० औं वार्षिकोत्सवको उपलक्ष्यमा सीले फेरि क्वाङ तोङ प्रान्तको निरीक्षण गरी विश्वलाई सुधार र खुलापन गर्ने चीनको अठोट अभिव्यक्त गर्नुभएको थियो।

हालै, अक्टोबर १२ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङ क्वाङ तोङ प्रान्तको निरीक्षण भ्रमण गर्न फेरि त्यहाँ पुग्नुभएको छ।

छाउ चौ प्राचीन शहर सी चिनफिङको यस क्वाङ तोङ भ्रमणको पहिलो गन्तव्य स्थल रहेको छ। त्यस प्राचीन शहर छाउ चौको ऐतिहासिक र सांस्कृतिक केन्द्रीय क्षेत्र हो। त्यस शहरको १ हजार ६ सय वर्षभन्दा लामो इतिहास छ। यहाँ आएर सी चिनफिङले सन् ११७१ मा निर्माण गरिएको चीनका ४ वटा ठूलो प्राचीन पुलमध्येको एक अर्थात् क्वाङ ची पुल, क्वाङ सी भवनको निरीक्षण गर्नुका साथै सांस्कृतिक वस्तुको मर्मत, सँरक्षण, गैर भौतिक सांस्कृतिक सम्पदाको उत्तराधिकार र विभिन्न सांस्कृतिक स्रोतको विकास अवस्थाको पनि अवलोकन गर्नुभएको छ।

त्यसपछि सी चिनफिङले छाउ चौ सान ह्वान लिमिटेड कम्पनी आइपुगेर व्यवसायको आत्मनिर्भर सिर्जनशील परिस्थिति, उत्पादन र कारोबार अवस्थाबारे पनि जानकारी लिनुभएको छ। सन् १९७० मा स्थापना गरिएको छाउ चौ सान ह्वान लिमिटेड कम्पनी चीनको अग्र स्थानमा रहेको इलेक्ट्रोनिक पार्टपुर्जा तथा आधुनिक सामग्रीको अनुसन्धान र उत्पादन गर्ने संस्था हो। कम्पनीको मुख्य कारोबारमा मोबाइल, इलेक्ट्रिक वस्तु, टेलिकम, यन्त्र, विद्युत ग्यास र नयाँ ऊर्जा आदि समावेश छन्। त्यस कम्पनीका ३० भन्दा बढी उत्पादित वस्तुले राष्ट्रिय उत्कृष्ट गुणस्तरीय पुरस्कार पनि पाएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn