राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पेरूकी राष्ट्रपति बोलुआर्टसँग भेट-वार्ता
स्थानीय समय अनुसार, नोभेम्बर १४ तारिख अपराह्न चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लिमास्थित राष्ट्रपति भवनमा पेरूकी राष्ट्रपति दीना बोलुआर्टसँग वार्ता गर्नुभएको छ।
सी चिनफिङले राष्ट्रपतिको निमन्त्रणा स्वीकार गर्दै पेरूको राष्ट्रिय भ्रमण गर्न पाउँदा धेरै खुसी लागेको बताउनुभएको छ। साथै, एसिया-प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठनका नेताहरुको अनौपचारिक बैठकमा भाग लिन पाउँदा पनि खुसी लागेको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, चीन र पेरू दुवै देश प्राचीन सभ्यता भएका राष्ट्रहरू हुन्। प्राचीन सभ्यताहरूको गहिराईले चीन र पेरूलाई बुद्धिमत्ता र मन प्रदान गरेको छ, जसले इतिहासको प्रगतिको दिशा स्पष्ट रुपमा देख्न, युगको विकासको प्रवृतिसँग अभ्यस्त हुन र सधैँ समानता, परस्पर सम्मान, परस्पर विश्वास, र परस्पर सिकाइ र अनुभवको आदानप्रदानमा अडिग रहन अनुमति दिन्छ। यसले भिन्न आकार भिन्न प्रणाली र भिन्न संस्कृति भएका राष्ट्रहरूको एकता र सहकार्यको उदाहरण स्थापित गरेको छ।
राष्ट्राध्यक्ष सीले दौत्य सम्बन्ध स्थापना गरिएको ५३ वर्षयता चीन र पेरूको द्विपक्षीय सम्बन्धले सकारात्मक विकासलाई कायम राख्दै आएको भन्दै दुवै पक्षले चीन-पेरूको सहकार्यको सफल अनुभवलाई संक्षेपमा प्रस्तुत गर्नुपर्ने, चीन-पेरू तथा चीन-ल्याटिन अमेरिका व्यावहारिक सहकार्यलाई गुणस्तरीय रूपमा उकास्न र उन्नत गर्न सँगै काम गर्नुपर्ने औँल्याउनुभयो। चीनले पेरूसँगको पारम्परिक मित्रतालाई महत्त्व दिँदै पेरूको संसदले हरेक वर्षको फेब्रुअरी १ तारिखलाई "चीन-पेरू मित्रता दिवस" तोकेकोमा प्रशंसा व्यक्त गर्नुभयो।
पेरूले ८ वर्षपछि तेस्रोपटक एशिया-प्रशान्त आर्थिक सहयोग संगठन एपेकका नेताहरुको सम्मेलनको आयोजना गर्दैछ र चीनले आयोजक मुलुक पेरूको कार्यको पूर्ण समर्थन गर्दै सो सम्मेलन सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछ, उहाँले भन्नुभयो।