नेपाली

सी चिनफिङ र इटालीका राष्ट्रपतिद्वारा चीन-इटाली सांस्कृतिक सहयोग संयन्त्र र चीन-इटाली विश्वविद्यालय संवादमा सहभागी प्रतिनिधिहरूसँग संयुक्त भेटघाट

criPublished: 2024-11-09 16:52:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर ८ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इटालीका राष्ट्राध्यक्ष माटारेल्लाले चीन-इटाली सांस्कृतिक सहयोग संयन्त्र सम्मेलन र चीन-इटाली विश्वविद्यालयका प्रोफेसर संवादमा सहभागी दुवै पक्षका प्रतिनिधिहरूसँग संयुक्त रूपमा पैचिङमा भेट गर्नुभयो। दुवै राष्ट्रका प्रमुखहरूले चीन-इटाली सांस्कृतिक र विश्वविद्यालय सहयोगमा दुवै पक्षका प्रतिनिधिहरूका प्रतिवेदनहरू सुने।

सी चिनफिङले पुस्ताका राजदूतहरूले चीन-इटली बीचको मित्रताका अध्यायहरू लेख्ने र विश्वका विभिन्न सभ्यताहरूबीच समान संवाद र साझा विकासको उदाहरण प्रस्तुत गरेको कुरा औंल्याउनुभयो। हालैका वर्षहरूमा, चीन-इटाली सांस्कृतिक सहयोग संयन्त्रले एकअर्काको देशहरूमा सांस्कृतिक र पर्यटन वर्षहरू आयोजना गर्न दुई देशका विश्वविद्यालयहरूले व्यापक शैक्षिक र युवा आदानप्रदानहरू गरेका छन् र फलदायी नतिजाहरू हासिल गरेका राष्ट्राध्यक्ष सीले बताउनुभयो।

सी चिनफिङले आजको विश्व अशान्ति र परिवर्तनको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिनुभयो। चीन-इटाली मैत्री सहयोगको अभ्यासकर्ता बन्न, पूर्वी र पश्चिमी सभ्यताहरू बीचको आपसी सिकाइको प्रवर्द्धक र मानव जातिको साझा भविष्य भएको समुदाय निर्माणमा सहभागी बन्न अन्तरदृष्टि भएका मानिसहरूलाई प्रोत्साहन गर्न दुवै पक्षले मिलेर काम गर्ने उहाँले आशा गर्नुभयो।

यसैगरी इटालीका राष्ट्रपति माटारेल्लाले इटाली र चिनियाँ जनताबीच आपसी समझदारी, मित्रता र सहयोग प्रवर्द्धन गर्न इटाली–चीन सांस्कृतिक सहयोग संयन्त्र र विश्वविद्यालय संवादले गरेको महत्वपूर्ण योगदानको सकारात्मक रूपमा मूल्यांकन गर्नुभयो। उहाँले भन्नुभयो, ‘दुवै पक्षले अनुभवहरू सङ्कलन गर्नुपर्छ, मित्रताको उत्तराधिकारी बनाउनुपर्छ, जनता-जनताको आदानप्रदानको लागि थप पुलहरू निर्माण गर्नुपर्छ र इटाली-चीन व्यापक रणनीतिक साझेदारीको विकासको लागि बलियो आधार र समर्थन प्रदान गर्नुपर्छ।’

Share this story on

Messenger Pinterest LinkedIn