सी चिनफिङद्वारा हवाइ सेनाको निरीक्षण
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ४ तारिख हवाइ सेनाको निरीक्षण गर्नुभएको छ।
सो अवसरमा सी चिनफिङले चीनको सैन्य बल प्रणाली र लडाई प्रणालीमा हवाइ सेनाले विशेष र महत्त्वपूर्ण भूमिका खेलेको दोहोर्याउनुभयो।
उहाँले नयाँ युगमा सेनालाई सुदृढ गर्ने सोच र नयाँ युगको सैन्य रणनीतिक सिद्धान्तलाई राम्ररी कार्यान्वयन गर्नुपर्ने भन्दै वायुसेनाको रूपान्तरण र निर्माणका लागि आवश्यकताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो।
सेनाको प्रशिक्षण र तयारीलाई व्यापक रूपमा बलियो बनाएर हवाइ सेनाको लडाईँ क्षमतामा व्यापक सुधार गरी शक्तिशाली आधुनिक सेना निर्माण गर्न प्रयास गर्नुपर्ने कुरा पनि सी चिनफिङले दोहोर्याउनुभयो।