नेपाली

सी चिन फिङद्वारा भियतनामको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्युएन फु ट्रोङको निधनमा शोक व्यक्त

criPublished: 2024-07-21 17:14:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २० तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनस्थित भियतनामी दूतावासमा भियतनामको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्युएन फु ट्रोङको निधनमा शोक व्यक्त गर्नुभएको छ।

सी चिन फिङले भियतनामका जनतालाई एकीकृत गरी आफ्नो देशको परिस्थिति अनुरूप समाजवादी बाटोमा हिँड्न चिनियाँ पार्टी र सरकारले भियतनामको कम्युनिष्ट पार्टीलाई दृढतापूर्वक समर्थन गर्ने कुरामा जोड दिनुभयो। उहाँले साझा भविष्यका साथ चीन-भियतनाम समुदायको निर्माणलाई प्रवर्द्धन गर्न चीन र भियतनामले मिलेर प्रयास गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn