नेपाली

सी चिनफिङद्वारा वसन्त खेती तयारीको निरीक्षण

criPublished: 2024-03-19 18:37:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च १९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले छाङत शहरको तिङछङ जिल्लाको स्येच्याफु काउन्टीको अनाज उत्पादन नमूना क्षेत्रको भ्रमण गर्नुभएको छ। उहाँले खेतमा पुगेर बिरुवाको खेती र जग्गा जोत्ने अवस्थाको निरीक्षण गर्नुका साथै प्रमुख अन्न उत्पादक, कृषि प्राविधिक, आधारभूत तहका कार्यकर्ता र गाउँलेसँग सौहार्दपूर्ण कुराकानी गरेर वसन्त खेतीको तयारी र अन्य अवस्थाको बारेमा विस्तृत रूपमा सोधपुछ गर्नुभयो।

सी चिनफिङले उच्च अन्न उत्पादन र खाद्य सुरक्षा सुनिश्चित गर्न वसन्त खेतीका लागि तयारी महत्त्वपूर्ण भएको भन्दै सबै क्षेत्र र विभागले कृषि सामग्रीको पर्याप्त आपूर्ति सुनिश्चित गर्न, कृषि सामाजिक सेवालाई सुदृढ गर्न, राम्रो जात, राम्रो विधि, राम्रो अवसर र राम्रो भूमिलाई गहन रूपमा एकीकृत गर्न ठूलो प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथै कृषकलाई लाभान्वित र कृषकलाई समृद्ध बनाउने नीति लागू गर्ने, कृषकको अन्नबालीबाट आम्दानी सुनिश्चित गर्ने, कृषकको अन्न उब्जाउने उत्साहलाई पूर्ण रूपमा परिचालन गर्ने र वर्षभरी नै अन्न उत्पादन र किसानको आम्दानी बढाउन राम्रो सुरुवात गर्ने विषयको राम्रोसित गर्नुपर्ने दोहोर्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn