नेपाली

एपेक सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण सम्बोधन

criPublished: 2023-11-18 06:02:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय अनुसार नोभेम्बर १७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी सान फ्रान्सिसकोमा आयोजित एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनमा “हाम्रा शुरूदेखिको आकाङ्क्षामा अडिग रहँदै, एकतावद्ध सहयोगमार्फत् एशिया-प्रशान्त क्षेत्रमा उच्च गुणस्तरीय वृद्धिलाई सँगै अधि बढाऔं” भन्ने शीर्षकमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा एपेकको कार्यभारबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘हामीले शुरूदेखि नै एशिया प्रशान्त क्षेत्रको आर्थिक सहयोगको भावना लिएर जिम्मेवारीपूर्वक देखापरेका विश्वव्यापी चुनौतीहरूको संयुक्त रुपमा सामना गर्नुपर्ने आवश्यकता छ।’

पुत्राजया भिजन २०४० को पूर्ण कार्यान्वयन गर्दै खुला, जीवन्त, लचिलो र शान्तिपूर्ण एशिया–प्रशान्त क्षेत्रको संयुक्त भाग्य समुदायको निर्माण गर्नुपर्नेमा जोड दिँदै राष्ट्राध्यक्ष सीले एशिया प्रशान्त क्षेत्रका जनता र भावी पुस्ताको साझा समृद्धिलाई साकार तुल्याउने गरी अघि बढ्नुपर्ने बताउनुभयो।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले ४ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छः

१, नवीनता आधारित दृढताका साथ विकास गर्नुपर्ने

२, खुलापनको दिशामा दृढताका साथ विकास गर्नुपर्ने

३, हरित विकासको दृढताका साथ निरन्तरता दिनुपर्ने

४, आर्थिक प्राविधिक उपलब्धिलाई दृढताका साथ व्यापक रूपमा बाँड्चुँड गर्नुपर्ने

साथै राष्ट्राध्यक्ष सीले चीनले चिनियाँ शैलीको आधुनिकीकरणको साथ शक्तिशाली मुलुकको निर्माण तथा चिनियाँ राष्ट्रको पुनरूत्थान भन्ने महान कार्यलाई व्यापक रूपमा अघि बढाइरहेको बताउनुभयो।

‘चीन शान्तिपूर्ण विकासको मार्गमा अडिग छ। चालू वर्ष चीनमा सुधार तथा खुलापन लागू भएको ४५ औं वार्षिकोत्सव हो,’ राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘हामी उच्च गुणस्तरको विकासलाई दृढताका साथ अघि बढाउँदै जानेछौं, उच्च-स्तरीय खुलापनलाई अघि बढाउँदै जानेछौं र चिनियाँ शैलीको आधुनिकीकरणको माध्यमबाट विश्वका विभिन्न देशहरूको आधुनिकीकरणका लागि नयाँ अवसरहरू प्रदान गर्नेछौं। एशिया–प्रशान्त क्षेत्रमा थप उपलब्धि र एशिया–प्रशान्त क्षेत्रको अर्को "सुनौलो ३० वर्ष" को संयुक्त रूपमा निर्माण गर्न म सबै सहकर्मीहरूसँग सहकार्य गर्न तयार छु।’

प्राप्त जानकारी अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनको अध्यक्षतामा उक्त सम्मेलन आयोजित भएको हो। सम्मेलनको मुख्य विषयसूची ‘सबैका लागि लचिलो र दिगो विकासयुक्त भविष्यको सिर्जना तथा निर्माण’ भन्ने रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn