नेपाली

ब्रिक्स राष्ट्रहरू, अफ्रिकी देश र अन्य उदीयमान बजार तथा विकासशील देशका नेतासँग सी चिनफिङको वार्ता

criPublished: 2023-08-24 19:25:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार अगस्ट २४ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जोहानसवर्गमा ब्रिक्स राष्ट्रहरू, अफ्रिकी राष्ट्रहरू र अन्य उदीयमान बजार तथा विकासशील देशहरूका नेताहरूबीचको वार्तामा भाग लिनुभयो। सो अवसरमा राष्ट्राध्यक्ष सीले "एक साथमा विकासको एकिकृत समुदायतर्फ लागौँ" शीर्षकमा सम्बोधन पनि गर्नुभएको छ।

सीका अनुसार विकासले मानिसको राम्रो जीवनको चाहना बोक्छ भने विकासशील देशहरूको सर्वोच्च प्राथमिकता र मानव समाजको सधैँको विषय पनि हो। चीनले सधैं विकासोन्मुख देशहरूसँग एउटै सास फेरेको छ र पहिले, अहिले र भविष्यमा सधैं विकासशील देशहरूको एक सदस्य हुनेछ।

चीन अफ्रिकाको भरपर्दो मित्र हो भने विगत १० वर्षमा अफ्रिकालाई ठूलो मात्रामा विकास सहायता उपलब्ध गराएको छ। ६ हजार किलोमिटरभन्दा बढी रेलमार्ग, ६ हजार किलोमिटरभन्दा बढी सडक र ८० भन्दा बढी ठूला विद्युतीय आयोजनाहरूको निर्माणमा चीन सहभागी छ। आउने चरणमा चीनले अफ्रिकी देशहरूसँग थप सहयोग गर्दै अफ्रिकाको दिगो विकासलाई समर्थन गर्दै जानेछ। विश्व आधुनिकीकरणको प्रक्रियामा कुनै पनि देश पछाडि नछोडिने गरी सम्बन्धित सबै पक्षहरुले एकताबद्ध भएर विकास समुदायको निर्माण गर्न राष्ट्राध्यक्ष सीले आह्वान गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn