नेपाली

जनताका लागि विकास योजना

CRIPublished: 2023-05-12 10:12:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हपै प्रान्तको स्योङआन नयाँ क्षेत्रको भ्रमण गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले राष्ट्राध्यक्ष भएपछि उक्त क्षेत्रको तेस्रोपटक भ्रमण गर्नुभएको हो। राष्ट्राध्यक्ष सीको ध्यान तानेको स्योङआन नयाँ क्षेत्र कहाँ छ त?

हामी सबैलाई थाहा छ, पैचिङ चीनको राजधानी हो र यहाँको छेउमा केन्द्रीय सरकारको सीधा अधीनमा रहेको अर्को नगरपालिका पनि छ - थ्यानचिन। यी दुईवटा सुपर शहरहरूको पृष्ठभूमिमा, हपै प्रान्त, जसमा माथिका दुईवटा शहरहरू छन् र यहाँ केही हदसम्म अर्थव्यवस्था र शहरी विकास अलि ढिलो भइरहेको छ। यहाँ काठमाडौं र वरपरका ललितपुर एवम् भक्तपुरको बीचमा देखिने असन्तुलित विकास जस्तै छ।

पैचिङ–थ्यानचिन–हपैको असन्तुलित विकासको समस्याको समाधान गर्न पद सम्हालेदेखि राष्ट्राध्यक्ष सी चिनफिङ आतुर हुनुहुन्छ। उहाँले यसो भन्दै आउनुभएको छ: "पैचिङ–थ्यानचिन–हपै यी ३ वटा ठाउँ एउटै फूलका पत्र जस्तै हुन्, पत्रहरू फरक हुन्छन् तर सबैको केन्द्रबिन्दु एकैतिर हुन्छ। " यद्यपि, पैचिङको जनसंख्याको विस्तार, ट्राफिक जाम र वातावरणीय ह्रास भन्ने ठूला शहरका समस्याहरूको कसरी समाधान गर्ने? साथै पैचिङमा आउने स्रोतहरूलाई छिमेकी प्रान्त वा क्षेत्रहरूसम्म कसरी फैलाउने?

सन् २०१७ मा हपैको धेरै भ्रमण, अनुसन्धान र बन्दोबस्त गरेपछि राष्ट्राध्यक्ष सीले हपै स्योङआन नयाँ क्षेत्रको स्थापना गर्नुभएको थियो। स्योङआन नयाँ क्षेत्र नै पैचिङ-थ्यानचिन-हपैको समकालिक विकासको समन्वय गराउने रणनीतिक प्लेटफर्म बन्यो। यातायात, उद्योग, सार्वजनिक सेवाहरू, दक्ष व्यक्तिको प्रवाह लगायतका कदमहरूमार्फत पैचिङ-थ्यानचिन-हपैको एकीकृत विकासको निर्माण गर्न थालियो।

स्योङआन नयाँ क्षेत्रको स्थापना भएयताको छ वर्षमा, पैचिङ-थ्यानचिन-हपैको मुख्य क्षेत्रमा एक घण्टाको ट्राफिक सर्कल बनेको छ। सन् २०२२ को अन्तसम्म, यसै क्षेत्रको रेलवेको कूल दूरी १०,८४८ किलोमिटर पुगेको छ। सडक खुलेपछि, उद्योगधन्दा र दक्ष व्यक्तिहरू पनि आउन थालेका छन्। अहिलेसम्म, केन्द्रीय सरकार स्वामित्वयुक्त उद्यमहरूले स्योङआनमा स्थापना गरेका विभिन्न प्रकारका संस्थाहरूको संख्या १४० भन्दा बढी छन् र केन्द्रीय सरकार स्वामित्वयुक्त उद्यमहरूको पहिलो खेपका ३ वटाले स्योङआनमा आफ्ना मुख्यालयको निर्माण सुरु गरिसकेका छन् जसबाट पैचिङ वरिपरि औद्योगिक र रोजगार संरचनाको निरन्तर सुधारलाई अघि बढाइएको छ।

थ्यानचिन र हपैमा सेवारत् तथा वाणिज्य उद्योगको अनुपात सन् २०१३ को तुलनामा, क्रमशः ७.२ र ८.४ प्रतिशतले वृद्धि भएको छ। यसै क्रममा यी २ ठाउँमा थपिएको नयाँ रोजगारी ४०.५५ लाख र ७४.८४ लाख पुगेको छ। साथै प्रतिव्यक्ति व्यययोग्य आय क्रमशः ७.१ र ८.२ प्रतिशतले वृद्धि भएको छ। यसबाहेक, पैचिङ-थ्यानचिन-हपैमा अनुसन्धान तथा विकास क्षेत्रको लगानी, उदीयमान अर्थव्यवस्थाहरू र नवीनताको संख्या चीनको अग्रस्थानमा रहेका छन्। सन् २०२२ मा यसै क्षेत्रको कुल क्षेत्रीय गार्हस्थ्य उत्पादन परिमाणमा संलग्न रकम १० खरब युआन पुगेको छ जुन सन् २०१३ को तुलनामा १.८ गुणाले बढी हो।

स्योङआन नयाँ क्षेत्रको निर्माण तीव्र गतिमा भइरहेको सिलसिलामा, विगत छ वर्षमा, पैचिङको ट्राफिक जाम कम भएको छ र नीलो आकाश बढेको छ। साथै पैचिङ वरिपरिका उद्योगहरूको संरचना पनि अझ समन्वयित भएका छन्। मानिसहरूले अझ बढी रोजगारीका छनौटहरू पाएका छन् र स्योङआनमा पाइने उच्च गुणस्तरिय सार्वजनिक सेवाहरू पनि पैचिङ जस्ता ठूलो शहरसँग बराबर भएको छ।

स्योङआन नयाँ क्षेत्रको भविष्यबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयोः नयाँ युगमा नविनताको उच्च भूमि र नयाँ उद्यमहरू भेला हुने ठाउँ बन्ने छ। स्योङआन नयाँ क्षेत्र सुधार र खुलापनको उच्च भूमिको रूपमा निर्माण गरिने छ। हाल स्योङआनले फुलिरहेको पत्र जस्तै भविष्यको ढोका खोलेर बढीभन्दा बढी चिनियाँ युवाहरूलाई आकर्षित गरिरहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn