नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता

criPublished: 2023-03-22 10:17:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय अनुसार मार्च २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गर्नुभयो। चीन-रुस सम्बन्ध र साझा सरोकारका प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा दुई राष्ट्र प्रमुखले मैत्रीपूर्ण र फलदायी वार्ता गर्नुभयो। दुबै पक्षले असल छिमेकी मित्रता र जीतको सहयोगको सिद्धान्त अनुरुप विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्न र नयाँ युगमा समन्वयको व्यापक रणनीतिक साझेदारीलाई गहिरो बनाउने सहमति गरे।

सीले चीन र रुस एकअर्काका सबैभन्दा ठूला छिमेकी मुलुक भएको र रुससँग दीर्घकालीन असल छिमेकी र मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ र विकसित गर्ने रणनीतिक विकल्प भएको कुरा औंल्याउनुभयो। यो क्षणिक घटनाले परिवर्तन नहुने भन्दै सीले दुवै पक्षले एकअर्काको मुख्य हितका विषयमा सहयोग गर्नुपर्ने र आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने कुरा औंल्याउनुभयो।

चीनको राष्ट्राध्यक्षमा पुन: निर्वाचित भएको र नयाँ चिनियाँ सरकार गठन भएकोमा सीलाई हार्दिक बधाई ज्ञापन गर्दै रुसी राष्ट्रपति पुटिनले थाइवान, हङकङ र सिन्च्याङसँग सम्बन्धित मुद्दाहरूमा आफ्नो वैधानिक हितको रक्षा गर्न चिनियाँ पक्षलाई दृढतापूर्वक समर्थन गर्ने बताउनुभयो।

यस भ्रमणका क्रममा दुई पक्षबीचको आदानप्रदान गहिरो भएको र विषयवस्तु समृद्ध र बृहत् भएकोले नयाँ युगमा रुस–चीन बृहत् रणनीतिक साझेदारीको विकासमा नयाँ प्रेरणा थप्ने विश्वास दुई राष्ट्र प्रमुखले गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn