नेपाली

चीन र अमेरिकाका सर्वोच्च नेताबीच भेटवार्ता

criPublished: 2022-11-15 09:55:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनबीच भेटवार्ता भएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले सो वार्तामा भन्नुभयोः हामी चीन र अमेरिकाको नेतृत्वदायी भूमिका तथा प्रमुखको पदमा रहेकाले यी दुई देशको सम्बन्धको विकासका लागि एउटा उचित दिशा दिन र सो सम्बन्धलाई स्थिर बनाउन थप प्रबर्द्धन गर्न उभिएका छौँ।

उहाँले आफूहरू सँगसँगै मिलेर अरू मुलुकका साथमा विश्व शान्ति र स्थिरताका लागि प्रयास गर्न तथा साझा विकासका लागि अरू बढी शक्ति थप्न जोड पनि दिनुभयो। चीन र अमेरिका भिन्न इतिहास तथा संस्कृति, भिन्न सामाजिक प्रणाली र विकास बाटो भएका दुई ठूला राष्ट्रहरु हुन्। तापनि यसलाई दुई पक्षीय सम्बन्धको विकासमा अवरोध तथा बाधा बनाउनुहुँदैन। दुवै पक्षहरुले पारस्परिक सम्मान, पारस्परिक हितलाई जोड दिँदै आपसी सहयोगका लागि असल सम्बन्ध सिर्जना गर्नुपर्दछ।

थाइवान सम्बन्धमा राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयोः थाइवान मामिला चीनको केन्द्रीय हितको केन्द्र हो भने चीन र अमेरिकाबीचको राजनीतिक आधारमध्येको एक आधार हो।

अमेरिकाले एक चीन नीति र चीन अमेरिका तीन सँघीय विज्ञप्तिलाई पालना गर्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

राष्ट्रपति बाइडेनका अनुसार अमेरिका र चीनबीचको सम्बन्धमा हुने विकासबाट भावी विश्वका लागि महत्वपूर्ण भूमिका सिर्जना गर्ने छ। अमेरिकी सरकारले एक चीन नीतिलाई कायम राख्दै थाइवान मामिलालाई चीनमाथि बाधा सिर्जना गर्ने उपकरणको रूपमा प्रयोग गर्न खोजेको छैन।

Share this story on

Messenger Pinterest LinkedIn