नेपाली

सी चिन फिङ: शान्ति र सुरक्षा अन्तर्राष्ट्रिय समुदायले सबैभन्दा बढी कदर गर्नुपर्छ

CRIPublished: 2022-03-19 15:47:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १८ तारिख साँझ अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडियो वार्ता गर्नुभएको थियो।

राष्ट्राध्यक्ष सी चिन फिङले गत नोभेम्बरमा पहिलो "भर्चुअल बैठक" यता अन्तर्राष्ट्रिय परिस्थितिमा नयाँ र ठूलो परिवर्तन भएको कुरा औंल्याउनुभयो। उहाँले शान्ति र विकास युगको विषयवस्तुले गम्भीर चुनौतीहरूको सामना गरिरहेको र विश्व अशान्त रहेको बताउनुभयो। उहाँले युक्रेन संकट हेर्न नचाहेको बताउँदै राज्य–राज्यबीचको सम्बन्ध द्वन्द्वको चरणमा जान नसक्ने, द्वन्द्व र टकराव कसैको हितमा नहुने र शान्ति सुरक्षा अन्तर्राष्ट्रिय समुदायको सबैभन्दा बहुमूल्य सम्पदा भएको बताउनुभयो। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य र विश्वका दुई ठूला अर्थतन्त्र भएकाले चीन-अमेरिका सम्बन्धको विकासलाई सही बाटोमा डोर्याउनु मात्र नभई विश्व शान्तिका लागि उचित अन्तर्राष्ट्रिय जिम्मेवारी पनि वहन गर्नुपर्नेमा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn