नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलन शुरु#चिनियाँराष्ट्राध्यक्ष

criPublished: 2021-07-06 21:19:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलन आज छ तारिख भिडियामार्फत आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एबम राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा भाग लिँदै भाषण दिनुभएको छ।

सो सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना भएको महत्वपूर्ण बहुपक्षीय कुटनीतिक कार्यक्रम हो। १६०भन्दा बढी मुलुक र ५००भन्दा बढी राजनीतिक पार्टी तथा राजनीतिक संगठनका नेताहरु,दश हजारभन्दा बढी राजनीतिज्ञहरुले उक्त सम्मेलनमा भाग लिएका छन्। यस सम्मेलनको मुख्य विषय जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक पार्टीको कार्यभार हो।

आफ्नो सम्बोधनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिन फिङले विभिन्न देशका राजनीतिक दलहरुलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न , जनताको आवाज सुन्नुपर्ने र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा बढाउन आह्वान गर्नुभयो।

सी चिन फिङले भन्नुभयो कि मानव सबै एक पूर्ण छन् र पृथ्वी एउटा घर हो। साझा चुनौतीहरूको सामना गर्दै, कोही पनि वा कुनै पनि देशले एक्लोपनको सामना गर्नु नपर्ने बताउनुभयो। उहाँले "घरेलु प्रथम"मा, संसार सानो छ र त्यहाँ सँधै "कडा प्रतिस्पर्धा" हुन्छ भन्दै साझा गन्तव्य साझेदारीको दृष्टिकोणबाट विश्व विशाल छ र जताततै सहयोगका अवसरहरू छन् भन्ने कुरा औंल्याउनुभयो।

सी चिनफिङले विभिन्न मुलुकबीचको इतिहास, सँस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य हो भन्दै राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनुपर्छ साथै मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पुर्याउनुपर्ने दोहोर्याउनुभयो।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn