नेपाली

राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा#चिनियाँराष्ट्राध्यक्ष

criPublished: 2021-05-08 16:55:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी आमाको नाम छी सिन हो। जापानी आतिक्रमण विरोधी युद्धको प्रारम्भिक अवधिमा क्रान्तिमा भाग लिएर चिनियाँ कम्युनिष्ट पार्टीमा भाग लिनुभएकी छी सिनले आफ्नो वास्तविक गतिविधि र शब्दले राष्ट्राध्यक्ष सीका लागि एक नमूना सिर्जना गर्नुभएको छ।

सन् १९६९ मा उमेरले १६ वर्ष नपुग्दै राष्ट्राध्यक्ष सीले पल्लो शानसीको गाउँमा काम गर्नुभएको थियो। त्यहाँ ७ वर्षको अवधिमा राष्ट्राध्यक्ष सीले सधैँ आमाले बनाउनु भएको झोला बोक्नुहुन्थ्यो। उक्त झोलामा सिलाउने सामाग्री लगायतका सामग्री हुन्थे। सो झोलामा अटाएको “आमाको मन”भन्ने भावनाबाट आमा र छोराबीचको गहिरो माया र राष्ट्रका लागि समर्पित विचार प्रतिबिम्बित भएको थियो।

घरेलु शिक्षालाई जोड दिनुहुने छी सिनले राष्ट्राध्यक्ष सीको पूर्ण विकास प्रक्रियालाई प्रभाव पार्नुभएको थियो। “निर्दोष बन्नुपर्छ, मन सफा राख्नुपर्छ र खुला तथा स्पष्ट अधिकारीको रूपमा काम गर्नुपर्छ”भन्ने विचार नै राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा हो। जनतालाई सर्वोच्च स्थानमा राख्दै एक कम्युनिष्ट पार्टीको समर्पित भावनालाई कायम राख्नु राष्ट्राध्यक्ष सी र आमाबीचको प्रतिज्ञा पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn