महामारीको प्रभावमा चिनमि गाउँमा सबैभन्दा प्रभावकारी विज्ञापनकर्ताको स्वागत
महामारीले चिनियाँ जनतालाई रोक्न सकेन। सन् २०२०को पहिला तीन त्रैमासिकमा चिनियाँ ग्रामीण क्षेत्रमा अनलाइन खुद्रा बिक्री मात्रा १२ खर्ब युआन पुगेको छ, जुन सन् २०१९को सोही अवधिको तुलनामा ७.८ प्रतिशतले वृद्धि भएको छ। गत नोभेम्बर २३ तारिख दक्षिण-पश्चिमी चीनको क्वीचौ प्रान्तले अन्तिम नौ गरिब जिल्ला गरिबीमुक्त भएको घोषणा गरेको छ। जसबाट चीनका सबै ८३२ गरिब जिल्ला निरपेक्ष गरिबीबाट मुक्त भएका छन्। जसरी ८ वर्षको अथक प्रयासमा र महामारीको प्रभाव भए तापनि चीनले निर्धारित योजनाअनुसार नयाँ युगमा गरिबी निवारणको लक्ष्य पूरा गरिसकेको छ। गरिबी निवारणको क्षेत्रमा दश वर्ष अगाडि नै दिगो विकास लक्ष्य पनि साकार तुल्याएको छ।