सी चिनफिङद्वारा सन् २०२४ विश्व इन्टरनेट सम्मेलनको ऊचन शिखर सम्मेलनको उद्घाटन समारोहलाई भिडियोमार्फत बधाई
नोभेम्बर २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२४ विश्व इन्टरनेट सम्मेलनको ऊचन शिखर सम्मेलनको उद्घाटन समारोहको अवसरमा भिडियोमार्फत बधाई दिनुभएको छ।
सी चिनफिङले हाल नयाँ चरणको वैज्ञानिक र प्राविधिक क्रान्ति र औद्योगिक रूपान्तरणको द्रुत रूपमा विकास भइरहेको र कृत्रिम बुद्धिमत्ता जस्ता नयाँ प्रविधि बढ्दै गएकोले संसारलाई बुझ्ने र परिवर्तन गर्ने मानिसको क्षमतामा धेरै सुधार भएको साथै एक श्रृंखलाका अप्रत्याशित जोखिम र चुनौतीहरू पनि ल्याएको उल्लेख गर्नुभयो। उहाँले डिजिटलाइजेशन, नेटवर्किङ र बुद्धिमत्ता विकासको सामान्य प्रवृत्तिलाई समातेर राम्रो "डिजिटल भविष्य" का लागि सँगै काम गर्नुपर्ने दोहोर्याउनुभयो। चीनले विश्वका अन्य देशसँग सूचना क्रान्तिको विकासको ऐतिहासिक पहललाई सदुपयोग गरी साइबर स्पेसको साझा भविष्य समुदायको निर्माण गरेर इन्टरनेटमार्फत जनता र विश्वलाई अझ राम्रो फाइदा पुऱ्याउने इच्छा लिएको पनि सीले बताउनुभयो।