नेपाली

सी चिनफिङ तथा फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच भेटवार्ता

criPublished: 2024-11-20 10:29:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियो डी जेनेरियोमा जी-२० समूहका नेतागणको शिखर सम्मेलनमा सहभागी हुँदै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेटवार्ता गर्नुभएको छ।

यस अवसरमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीन र फ्रान्स स्वतन्त्र,परिपक्व,दायित्वबोध भएका ठूला मुलुकहरू हुन्। यी दुबै राष्ट्रहरुबीचको सम्बन्ध विशेष रणनीतिक मूल्य र वैश्विक भावार्थ रहेको छ। चीनले फ्रान्ससँग निरन्तर रुपमा उच्च तह स्तरीय आदानप्रदान राख्दै सँस्कृति,शिक्षा,मानवीय क्षेत्रको सहयोगलाई गहन पार्दै जाने आशा राखेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ समितिको तेस्रो पूर्ण बैठकले चीनको नयाँ चरणको सुधार तथा खुलापन प्रगति शुरु गरेको छ जसले चीन र फ्रान्सबीचको सहयोगका लागि नयाँ अवसर सिर्जना गर्ने छ।

राष्ट्रपति म्याक्रोनका अनुसार फ्रान्सले चीनसँग दुबै नेतागणद्वारा हासिल गरिएको सहमतिलाई व्यवहारमा उतार्दै राष्ट्रहरुबीच नयाँ शैलीको सम्बन्धको निर्माण गर्ने आशा छ।

यसबाहेक यी दुबै नेताहरुले युक्रेन सँकटबारेमा वैचारिक आदानप्रदान गरेका छन्। सीले जोड दिनुभएअनुसार चीनले निरन्तर रुपमा आफ्नो माध्यमले युद्धविरामका लागि रचनात्मक भूमिका सिर्जना गर्दै जाने छ।

Share this story on

Messenger Pinterest LinkedIn