नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र बेलायती प्रधानमन्त्री भेटवार्तामा

criPublished: 2024-11-19 09:46:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार नोभेम्बर १८ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रियो दि जेनेरियोमा जी बीस समूहको नेता स्तरीय शिखर सम्मेलनमा बेलायती प्रधानमन्त्री स्टामरसँग भेटवार्ता गर्नुभएको छ। यस अवसरमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार वर्तमान विश्व नयाँ अशान्तको परिवर्तन अवधिमा प्रवेश गरेको छ। सँयुक्त राष्ट्र सँघीय सुरक्षा परिषदका स्थायी सदस्य र विश्वका प्रमुख आर्थिक समूहको रुपमा चीन र बेलायतले आ-आफ्ना राष्ट्रको विकासलाई प्रवर्द्धन गर्ने जिम्मेवारी मात्र नभई ग्लोबल चुनौतीको सामना गर्ने बचनबद्धता वहन गर्नुपर्छ। पारस्परिक हित तथा साझा फाइदा सिर्जना गर्नका लागि दुवै पक्षहरुले चीन र बेलायतबीच स्वस्थ र स्थिर विकासका लागि नयाँ अध्याय सिर्जना गर्नुपर्छ।

प्रधानमन्त्री स्टामरका अनुसार बेलायत र चीनसँग व्यापक साझा हित रहेको छ। यी दुवै पक्षहरु बीचको बलियो सम्बन्धले दुई राष्ट्रहरु र विश्वका लागि निकै महत्वपूर्ण भूमिका सिर्जना गर्दछ। बेलायतले चीनसँगको सम्पर्कलाई बढाउँदै राजनीतिक माध्यमले क्षेत्रीय चर्चित समस्याको समाधानलाई प्रवर्द्धन गर्ने आशा लिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn