राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मामाउलाई किरीबाटीको राष्ट्रपति पुनः निर्वाचित भएकोमा बधाई सन्देश
राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोबर २७ तारिख टानेटी मामाउलाई गणतन्त्र किरीबाटीका राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा बधाई सन्देश पठाउनुभएको छ।
राष्ट्राध्यक्ष सीले चीन र किरीबाटी असल मित्र, साझेदार र दाजुभाइ भएको उल्लेख गर्दै सन् २०१९ को सेप्टेम्बरमा दौत्य सम्बन्ध पुनर्स्थापित भएदेखि चीन र किरीबाटीबीचको राजनीतिक विश्वास लगातार बढ्दै गएको, व्यावहारिक सहयोगमा फलदायी परिणामहरू देखापरेका, सांस्कृतिक र स्थानीय आदान-प्रदान निकट बन्दै आएको र एक-अर्काका मुख्य चासो र महत्वपूर्ण मुद्दाहरूमा सधैं एक-अर्कालाई समर्थन गर्दै आएका औँल्याउनुभयो।
चीन-किरीबाटी सम्बन्धको विकासलाई उच्च महत्त्व दिँदै राष्ट्रपतिसँगै मिलेर दुई देशको सम्बन्धलाई स्थिर र दीगो बनाउन र दुई देशका जनताका लागि अझ बढी लाभ पुर्याउन चाहेको पनि सीले उल्लेख गर्नुभयो।