नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा "ब्रिक्स जोड्ने" नेतृत्वकर्ता संवाद सम्मेलनलाई महत्वपूर्ण सम्बोधन

CRIPublished: 2024-10-24 18:46:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय अनुसार, अक्टोबर २४ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङले कज़ान प्रदर्शनी केन्द्रमा "ब्रिक्स जोड्ने" नेतृत्वकर्ता संवाद सम्मेलनमा भाग लिँदै"विश्वको दक्षिणको विशाल शक्तिलाई संग्रह गर्दै मानवताको साझा भविष्यको समुदायका लागि एकसाथ अगाडि बढाऔँ" भन्ने विषयमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले "विश्व दक्षिणको सामूहिक उदय विश्वका ठूलो परिवर्तनको स्पष्ट संकेत हो भन्दै दक्षिणी विश्वको पहिलो पंक्तिका रूपमा हामीले सामूहिक बुद्धिमत्ता र शक्ति प्रदर्शन गर्नुपर्ने र मानव जातिको साझा भाग्य समुदायको निर्माणमा जिम्मेदारी लिनुपर्ने औँल्याउनुभयो।

—— शान्ति कायम राख्नु, साझा सुरक्षा हासिल गर्नु। हामीले शान्तिका लागि स्थिर शक्ति बन्नुपर्छ, विश्वभरको सुरक्षा व्यवस्थापनलाई सुदृढ गर्नुपर्छ र चर्चित मुद्दाहरूको समाधानको लागि समुचित मार्ग अन्वेषण गर्नुपर्छ।

—— विकासलाई पुनर्जीवित गर्नु, सार्वभौमिक समृद्धि प्राप्त गर्नु। हामीले सामूहिक विकासको मुख्य शक्ति बन्नुपर्छ, विश्व आर्थिक व्यवस्थापन प्रणालीको सुधारमा सक्रिय भाग लिनुपर्छ र विकासलाई अन्तर्राष्ट्रिय व्यापार र आर्थिक प्रक्रियाको केन्द्रमा राख्नुपर्छ।

——सभ्यताको समृद्धिमा योगदान गर्दै विविधता र समन्वय सुनिश्चित गर्नु। हामीले विभिन्न सभ्यताहरूको आपसी सिकाइका लागि प्रवर्धक शक्ति बन्नुपर्छ, संवाद र सञ्चारलाई बढावा दिनुपर्छ र एक-अर्कालाई आफ्ना राष्ट्रिय अवस्था अनुकूल आधुनिकीकरणको मार्गमा लाग्न समर्थन गर्नुपर्छ।

राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयो: चिनियाँ कम्युनिष्ट पार्टी २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सुधारलाई अझ सम्पूर्ण रूपमा गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने विषयबारे स्पष्ट तर्जुमा गरेकाले विश्वका लागि अझ बढी अवसरको सिर्जना गर्नेछ। अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भए तापनि चीनले सधैं नै विश्वव्यापी दक्षिणी जगतमा नजर पुर्याउँदै ब्रिक्स कार्यमा संलग्नका लागि अझ बढी विश्वव्यापी दक्षिणी मुलुकहरूलाई समर्थन गर्दैजानेछ। साथै चीनले विश्वव्यापी दक्षिण जगतको बलियो शक्तिलाई जम्मा पारी सँगै मिलेर मानव जाति भाग्यको एकरूपताको निर्माणलाई प्रबर्द्धन गर्दै जानेछ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त संवार्ताको अध्यक्षता गर्नुभएको थियो। इजिप्टका राष्ट्रपति अब्दुल फताह अल साइसी, इरानी राष्ट्रपति मासुद पेजेस्कीयान, दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला सिरिल रामाफौसाका अतिरिक्त ब्राजिल, भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरबिया र इथियोपियाका प्रतिनिधिहरू, आमन्त्रित अतिथि देशका २५ जना नेता वा प्रतिनिधि, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेस, न्यू डेभलपमेन्टका गभर्नर दिल्मा रोसेफ लगायत ६ जना अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरू सो संवार्तामा सम्मिलित हुनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn