नेपाली

चीन-उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठका अवसरमा राष्ट्रनायकहरुबीच बधाई सन्देश आदानप्रदान

criPublished: 2024-10-06 15:42:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं जनगणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उत्तर कोरियाको लोतोङ पार्टीका महासचिव तथा राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनबीच दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्षगाँठ मनाउन बधाई सन्देश आदानप्रदान भएको छ।

बितेका ७५ वर्षमा चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रताले समयको परिवर्तन र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनको परिक्षामा पास भएको र यो दुई देश र जनताका लागि साझा बहुमूल्य सम्पत्ति बनेको चिनियाँ राष्ट्राध्यक्ष सीले सन्देशमा उल्लेख गर्नुभएको छ। साथै उहाँले नयाँ युग र नयाँ परिस्थितिमा चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रतामा नयाँ अध्याय लेखिरहने र दुई देशका जनताको हित कल्याण बढाउन उत्तर कोरियासँग मिलेर काम गर्दै जाने पुष्टि पनि गर्नुभयो।

यस्तै आफ्नो सन्देशमा उत्तर कोरियाली नेता किम जोङ उनले यसरी जनाउनुभयो, ‘विगत ७५ वर्षमा दुई पार्टी र दुई देशले विभिन्न परीक्षा र चुनौतीलाई पार गर्दै आ-आफ्नो उद्देश्यको वैधतामाथि दृढ विश्वासका साथ समाजवादको मार्गमा अघि बढेका छन्। उत्तर कोरियाका पार्टी र सरकारले नयाँ युगको आवश्यकताअनुसार, उत्तर कोरिया-चीन मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई सुदृढ र विकास गर्न प्रयास गर्दै जाने इच्छा पनि उत्तर कोरियाली नेता किमले व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn