नेपाली

इशिबा शिगेरुलाई जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चिनियाँ राष्ट्राध्यक्षको बधाई

criPublished: 2024-10-02 16:04:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर १ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इशिबा शिगेरुलाई जापानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयो, ‘चीन र जापान पानीले जोडिएका छिमेकी हुन्। शान्तिपूर्ण सहअस्तित्व, धेरै पुस्तासम्मको मित्रता, पारस्परिक लाभदायी सहयोग र साझा विकासको मार्गमा हिँड्नु नै दुई देशका जनताको आधारभूत हितमा छ। जापानले चीनसँग सोही दिशामा काम गर्दै चीन-जापानका ४ राजनीतिक दस्तावेजका सिद्धान्त र सहमतिको पालना गर्ने आशा गरिएको छ। दुई देशबीचको रणनीतिक र पारस्परिक लाभकारी सम्बन्धलाई व्यापक रुपमा अगाडि बढाउने र नयाँ युगको आवश्यकता पूरा गर्ने रचनात्मक र स्थिर आपसी सम्बन्ध निर्माण गर्न प्रयास गर्ने अपेक्षा पनि गरिएको छ।’

सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले इशिबा शिगेरुलाई बधाई सन्देश पठाउँदै दुवै पक्षले द्विपक्षीय सम्बन्धको राजनीतिक जगको रक्षा गर्नुका साथै मित्रता, पारस्परिक विश्वास र सहयोगलाई सुदृढ गर्नुपर्ने र दुई देशका जनतालाई अझ बढी लाभ पुर्याउनुपर्ने विचार व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn