नेपाली

पैचिङमा जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोहको आयोजना

criPublished: 2024-09-30 20:53:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

३० तारिख राति जन बृहत् सभा भवनमा जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहको आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, केन्द्रिय सैन्य आयोगका अध्यक्ष एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण भाषण गर्नुभयो। उहाँका अनुसार, जन गणतन्त्र चीन स्थापनाको ७५ वर्षमा पार्टीको नेतृत्वमा चीनका विभिन्न जातीय सर्वसाधारणले अथक प्रयासमा अर्थतन्त्रको तीव्र विकास र समाजको दीर्घकालीन स्थिरता भन्ने दुइ चमत्कारको सिर्जना गरेका छन्। चीनमा ज्यादै ठूलो परिवर्तन भएको छ। चीन राष्ट्रको महान पुनरुत्थान अपरिवर्तनीय ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको छ। नयाँ काल र नयाँ यात्रामा चिनियाँ जनताले पक्कै पनि अझ नयाँ र बृहत्तर प्रतिभा सिर्जना गर्ने र शान्ति तथा विकास कार्यमा अझ नयाँ तथा ठूलो योगदान दिनेछन्।

प्रधानमन्त्री ली छ्याङले समारोहको अध्यक्षता गर्नुभएको छ। लगभग ३००० जना चिनियाँ तथा विदेशी गन्यमान्य व्यक्ति सो समारोहमा सहभागी भएर नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव मनाएका हुन्।

Share this story on

Messenger Pinterest LinkedIn