नेपाली

सी चिनफिङद्वारा राष्ट्रिय पदक र राष्ट्रिय मानार्थ उपाधि प्राप्तकर्ताहरूलाई पदक प्रदान र महत्वपूर्ण भाषण

criPublished: 2024-09-29 15:15:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २९ तारिख, जनगणतन्त्र चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोह जन बृहत् सभाभवनमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त समारोमा महत्त्वपूर्ण सम्बोधन गर्नुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङले हाल चीन चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थान महान कार्यका लागि महत्त्वपूर्ण अवधिमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाल चीन चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानका लागि महत्त्वपूर्ण अवधिमा छ। यसका लागि सम्पूर्ण जनताले बहादुरीलाई आफ्नो नमूना बनाएर एकीकृतरूपमा मेहनत गरी विशाल शक्तिको विकास गरिरहेको छ।’

बितेका ७५ वर्षयता विश्वमा चिनियाँ जनतासित अभिलाषापूर्वक सँगसँगै हिँडेर कठिनाईको सामना गरेका पुराना र असल साथीहरू भएको स्मरण गर्दै सीले भन्नुभयो, ‘आज “मैत्री पदक” बाट सम्मानित दिल्मा रोसेफ तीमध्येका एक प्रतिनिधि हुनुहुन्छ। चिनियाँ जनताले चीनको विकास तथा चिनियाँ जनता र विभिन्न देशका जनता बीचको मित्रता बढाउनका लागि महत्त्वपूर्ण योगदान दिएका अन्तर्राष्ट्रिय मित्रलाई बिर्सनेछैन। चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास प्रवद्धन, मानवजाति भाग्य समुदायको निर्माण तथा मानवजातिको अझ उज्वल भविष्यको सिर्जना गर्न चीन इच्छुक छ।’

Share this story on

Messenger Pinterest LinkedIn