नेपाली

सी चिनफिङद्वारा पुअर जातीय एकताका लागि शपथ स्मारकमा नाम कुँदेका प्रतिनिधिहरुका सन्तानलाई जवाफ पत्र

criPublished: 2024-09-25 15:07:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पुअर जातीय एकताका लागि शपथ स्मारकमा आफ्नो नाम कुँदेका प्रतिनिधिहरूका सन्तानहरूलाई जवाफी पत्र पठाएर उनीहरूलाई हार्दिक प्रोत्साहन र बधाई दिनुभएको छ।

सी चिनफिङले सन् १९५१ मा पूर्वजहरूलगायतका विभिन्न जातिका प्रतिनिधिहरूले शपथ स्मारकमा आफ्नो नाम कुँदेर चिनियाँ कम्युनिष्ट पार्टीसँग सहयात्रा गर्ने प्रतिबद्धता गरेका, ७० वर्षयता विभिन्न जातिका सर्वसाधारणहरूले एकतावद्ध भएर सिमावर्ती क्षेत्रको आर्थिक तथा सामाजिक विकासलाई ऐतिहासिक उपलब्धि हासिल गर्न अगाडि बढाएका र जातीय एकता तथा प्रगतिको अध्याय लेखेको कुरा स्मरण गराउनु भएको छ।

सी चिनफिङले विभिन्न जातिका जनताले चिनियाँ राष्ट्रको समुदायको धारणालाई मनमा राख्नुपर्ने, मातृभूमिको भूभागको संयुक्त रुपमा संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn