नेपाली

गाजौनी मौरिटानियाको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकोमा चिनियाँ राष्ट्राध्यक्षको बधाई सन्देश

criPublished: 2024-07-05 18:36:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई ५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मोहम्मद उलद चेख गाजौनी मौरिटानियाको राष्ट्रपतिमा पुनःनिर्वाचित हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार चीन र मौरिटानियाबीच मैत्रीपूर्ण मित्रता रहेको छ। हाल केही वर्षयता यी दुबै मुलुकका नेताहरुको संयुक्त नेतृत्वमा यी दुबै मुलुकबीचको सम्बन्ध स्थिर विकसित भैरहेको छ र विभिन्न क्षेत्रबीचको आदानप्रदान र सहयोगमा प्रचुर उपलब्धी पाइएको देखिन्छ।

राष्ट्राध्यक्ष सीले मौरिटानियासँगको सम्बन्धलाई जोड दिँदै राष्ट्रपति गाजौनीसँग यी दुबै मुलुकको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई नयाँ उचाईँमा पुर्याउन प्रवर्द्धन गर्दै जाने आशा गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn