नेपाली

अस्ट्रेलियाका नवनियुक्त गभर्नर जनरललाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश

CRIPublished: 2024-07-01 11:02:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई १ तारिख, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अस्ट्रेलियाको गभर्नर जनरल पद सम्हाल्नुभएका सामन्था मोस्टिनलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले आपसी सम्बन्धबारे चर्चा गर्दै यसरी उल्लेख गर्नुभयोः चीन र अष्ट्रेलिया एकअर्काका महत्वपूर्ण सहयोगात्मक साझेदार हुन् र एशिया–प्रशान्त क्षेत्रका महत्वपूर्ण सदस्य एवम् विश्व बहुध्रुवीकरणको प्रक्रियामा महत्वपूर्ण शक्ति हुन्। स्वस्थ र स्थिर चीन-अष्ट्रेलिया सम्बन्ध नै दुई देश र जनताको आधारभूत र दीर्घकालीन हितसँग अनुकूल छ। साथै क्षेत्रीय लगायत विश्व शान्ति, स्थिरता, विकास र समृद्धिका लागि पनि हितकर छ।

चीन-अस्ट्रेलिया सम्बन्धको विकासमा ठूलो महत्व दिँदै पारस्परिक सम्मान, पारस्परिक लाभ र साझा आधार खोज्ने सिद्धान्तमा आधारित अझ परिपक्व, स्थिर र फलदायी चीन-अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारी सम्बन्धको निर्माणलाई अघि बढाउन अष्ट्रेलियासँग काम गर्न तयार भएको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn