नेपाली

सी चिनफिङद्वारा सन् २०२४ "कुल्याङ प्रेम" चीन-अमेरिका युवा आदानप्रदान सप्ताहलाई बधाई पत्र

criPublished: 2024-06-24 15:05:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२४ "कुल्याङ प्रेम" चीन-अमेरिका युवा आदानप्रदान सप्ताहलाई बधाई पत्र पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले एक शताब्दीसम्म फैलिएको कुल्याङसँगको प्रेम सम्बन्ध चिनियाँ र अमेरिकी जनताबीचको मैत्रीपूर्ण आदानप्रदानको उत्कृष्ट कथा भएको भन्दै चीन र अमेरिकाका विभिन्न क्षेत्रका युवाहरू फुच्यानमा भेला भएर कुल्याङ प्रेमको उत्तराधिकारी बनेर चीन र अमेरिकाका जनताबीचको आदानप्रदान र समझदारी बढाएको देख्दा धेरै खुसी लागेको उल्लेख गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले युवाहरू सबैभन्दा ऊर्जावान र सपनाहरूले भरिएका हुन्छन् भन्दै चीन-अमेरिका सम्बन्धको भविष्य युवाहरूसँग रहेको दोहोर्याउनुभयो। सी चिनफिङले भन्नुभयो, ‘तपाईँहरूले गहिरो रूपमा आदान-प्रदान गरी मित्रता बढाएर हातमा हात मिलाएर चीन-अमेरिका मित्रतालाई अगाडि बढाउने, चीन-अमेरिका सम्बन्धको स्वस्थ र स्थिर विकासमा योगदान दिने र विश्वका सबै जनतासँग शान्ति स्थापना, प्रगति प्रवर्द्धन र समृद्धि निर्माण गर्ने आशा लिएको छु।’

Share this story on

Messenger Pinterest LinkedIn