नेपाली

छ्युश पत्रिकामा "चीनको उच्च गुणस्तरीय विकासको नयाँ अवस्था सिर्जना" शीर्षकमा सी चिनफिङको लेख प्रकाशित

criPublished: 2024-06-15 16:52:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन १६ तारिख छ्युश पत्रिकाले "चीनको उच्च गुणस्तरीय विकासको नयाँ अवस्था सिर्जना" शीर्षकमा सी चिनफिङको लेख प्रकाशित गर्नेछ। यस लेखमा सन् २०१७ को अक्टोबरदेखि सन् २०२४ को मार्चसम्म राष्ट्राध्यक्ष सी चिनफिङका महत्त्वपूर्ण छलफलका अंशहरू समेटिएका छन्।

नयाँ युगमा चीनको आर्थिक विकासका विशेषता नै चीनको कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनमा सीले जोड दिएको विषय लेखमा उल्लेख छ। चीनको अर्थतन्त्र द्रुत बृद्धिको चरणबाट उच्च गुणस्तर विकाससम्म सरेको भन्दै "१४ औँ पञ्चवर्षीय योजना" र त्यसपछिको अवधिमा चीनको आर्थिक र सामाजिक विकासको मूल विषय उच्च गुणस्तरको विकास भएको र आधुनिक समाजवादी देशलाई व्यापक रूपमा निर्माण गर्ने प्राथमिक कार्य रहेको पनि सी चिनफिङले लेखमा प्रष्ट पार्नु भएको छ। ठोस भौतिक र प्राविधिक आधारबिना व्यापक रूपमा आधुनिक र शक्तिशाली समाजवादी देश निर्माण गर्न असम्भव छ। बलियो देश निर्माण र राष्ट्रको पुनःरूत्थान गर्ने नयाँ यात्रामा हामीले उच्च गुणस्तरीय विकासलाई अडिग भएर अघि बढ्नुपर्ने उहाँले औँल्याउनु भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn