नेपाली

सी चिनफिङद्वारा केन्द्रीय व्यापक गहन सुधार आयोगको पाँचौं बैठकको अध्यक्षता

criPublished: 2024-06-11 19:46:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् केन्द्रीय व्यापक गहन सुधार आयोगका निर्देशक सी चिनफिङले जुन ११ तारिख दिउँसो केन्द्रीय व्यापक गहन सुधार आयोगको पाँचौं बैठकको अध्यक्षता गर्नुभयो।

बैठकको अध्यक्षता गर्दै सी चिनफिङले चिनियाँ विशेषतासहितको आधुनिक उद्यम प्रणालीमा सुधार गर्दै थप विश्वस्तरका उद्यमहरूको विकास गर्नुपर्ने,खाद्य उत्पादनमा स्थिरता र खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। खुलापनको माध्यमबाट आविष्कारलाई प्रवर्द्धन गर्न, विज्ञान र प्रविधिलाई बाहिरी संसारमा खोल्नको लागि प्रणाली र संयन्त्रमा सुधार गर्न, विश्वव्यापी आविष्कार प्रणालीमा सुधार गर्न र विश्वव्यापी आविष्कार नेटवर्कमा सक्रिय रूपमा एकीकृत हुनुपर्ने उहाँले बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यहरू एवम् व्यापक गहन सुधारको केन्द्रीय आयोगका उपनिर्देशकहरू ली छ्याङ, वाङ हुनिङ र छाइ छीले उक्त बैठकमा भाग लिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn