चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ३३औँ अरब मुलुक संघका राष्ट्रनायक परिषदको गोष्ठीलाई बधाई पत्र
मे १६ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अरब मुलुक संघका राष्ट्रनायक परिषदको गोष्ठीका अध्यक्ष बह्राइनका हमादलाई मानामामा ३३औँ अरब मुलुक संघका राष्ट्रनायक परिषदको गोष्ठी आयोजना भएकोमा बधाई पत्र पठाउनुभएको छ।
हालै बर्षहरूमा, विश्व र समयमा आएको परिवर्तन र ऐतिहासिक परिवर्तनका सामनामा अरबसम्बन्धित् देशहरूले स्वाधीनताको पालना गर्दै, विकास र पुनरुत्थानलाई अघि बढाउँदै, निष्पक्षता र न्यायको पालना गर्दै क्षेत्रीय शान्ति र स्थिरताका लागि वैश्विक दक्षिणको सहकार्य र साझा हितको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले भन्नुभयो, हाल चीन-अरब बीचको सम्बन्ध इतिहासमै सबैभन्दा नजिक छ। सन् २०२२ डिसेम्बरमा, अरबका राष्ट्रनायकसँग पहिलो चीन-अरब मुलुकहरूको शिखर मञ्चमा सहभागी हुँदाखेरि हामीले चीन-अरब बीचको सम्बन्धको विकासलाई साकार तुल्याउन तथा विस्तृत रूपमा योजना बनाएर नयाँ युगमा चीन-अरब साझा भविष्य समुदाय बनाउने सहमति प्राप्त गरेका छौँ। केही वर्षदेखि चीन र अरब बीचको रणनीतिक पारस्परिक विश्वास निरन्तरताका साथ गहकिलो बनिरहेको छ, व्यावहारिक सहकार्य जीवन्त हुँदै गएको छ, विविध सांस्कृतिक आदानप्रदानहरू धेरै पटक आयोजना गरिएका छन् र विभिन्न क्षेत्रमा सहकार्यका फलदायक नतिजाहरू प्राप्त गरेका छन्।