नेपाली

सी चिनफिङद्वारा देशभरका युवाहरूलाई बधाई र शुभकामना व्यक्त

criPublished: 2024-05-03 15:54:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे ४ युवा दिवसका अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पार्टी केन्द्रीय समितिको तर्फबाट देश भरका युवाहरूलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सी चिनफिङले नयाँ युगमा देशका सबै जातजातिका युवाहरूले सबै क्षेत्रमा आत्मविश्‍वास, आत्मनिर्भरता, जोश र उन्नतिको भावना देखाएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिमा युवाहरूको पूर्ण विश्वास र उच्च आशा व्यक्त गर्नुभएको छ।

सी चिनफिङले यो वर्ष नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव र सन् १९१९ को मे ४ आन्दोलनको १०५ औँ वार्षिकोत्सव मनाउने कुरामा जोड दिनुभयो। उहाँले बहुसंख्यक युवाले मे ४ आन्दोलनको भावनालाई उत्तराधिकार गर्दै अगाडि बढाउनुपर्ने बताउँदै अडिग भएर पार्टीलाई सुन्ने र त्यसलाई पछ्याउनुपर्ने निर्देशन पनि दिनु भएको छ। नयाँ युगमा आदर्श र जिम्मेवारी वहन गर्ने साहस लिँदै कठिनाइ सहन सक्ने असल युवा बन्ने प्रयास गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नु भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn