नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्वाङतोङ प्रान्तको मेचौ शहरको मैता एक्सप्रेस्वेको छायाङ खण्डमा पहिरो प्रकोपबारे महत्वपूर्ण निर्देशन

criPublished: 2024-05-02 16:24:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १ तारिख करिब २ बजेर १०मिनेट जाँदा क्वाङतोङ प्रान्तको मेचौ शहरको मैता एक्सप्रेस्वेको छायाङ खण्डमा गएको पहिरोमा परी मै २ तारिख अपराह्न ३:३०सम्म ४८ जनाको मृत्यु र ३० जना घाइते भएका छन्।

प्रकोपपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले महत्त्वका साथ महत्त्वपूर्ण निर्देशनहरू जारी गर्नुभएको छ। उहाँले घटनास्थलमा उद्धार गर्न, घाइतेहरूको उपचार गर्न र त्यसपछिको अवस्थालाई राम्ररी सम्हाल्न हरसम्भव प्रयास गर्नुपर्छ,क्षतिग्रस्त सडकहरू मर्मत गर्न र ट्राफिक व्यवस्था यथाशीघ्र पुनर्स्थापना गर्न तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो, यो मे दिवसको छुट्टी हो, धेरै मानिसहरू यात्रामा निस्कनुकासाथै आममानिसको ठूलो प्रवाह रहनेछ र केही क्षेत्रमा व्यापक वर्षा र प्रतिकूल मौसम हुनेछ, जसले विभिन्न दुर्घटनाहरू र प्रकोपहरू निम्त्याउन सक्छन्। सबै क्षेत्र र सम्बन्धित विभागहरूले अनुगमन र प्रारम्भिक चेतावनीलाई बलियो बनाउन, आपतकालीन योजनाहरूको सुधार गर्न, प्रमुख क्षेत्रहरूमा सम्भावित जोखिमहरू तुरुन्तै अनुसन्धान गर्न र व्यवहार गर्न तथा जनताको जीवन र सम्पत्ति र समग्र सामाजिक स्थिरताको सुरक्षा सुनिश्चित गर्नुपर्दछ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले घाइतेहरूको उद्धार गर्न, सावधानीपूर्वक अनुगमन कार्य सञ्चालन गर्न, खोजी र उद्धारका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn