नेपाली

युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान गर्न सी चिनफिङद्वारा जोड

CRIPublished: 2024-04-16 15:44:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल १६ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित त्याउ यु थाई राष्ट्रिय अतिथि भवनमा जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भेटघाट गर्नुभएको छ।

सी चिनफिङ र सोल्जले युक्रेन सङ्कटबारे वैचारिक आदान-प्रदान गर्नुभयो। सीले विभिन्न पक्षमा तीब्र रुपमा शान्ति पुनःशुरू गर्ने कुरामा अडिग हुनुपर्ने बताउँदै विभिन्न पक्षले शान्ति र स्थिरताको समग्र स्थितिलाई ध्यानमा राख्नुपर्ने र परिस्थितिका सिथिल पार्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले शान्ति पुनःशुरू गर्नका लागि पूर्वाधारको सिर्जना गर्नुपर्ने र विश्व अर्थतन्त्रमा पर्ने नकारात्मक असरलाई घटौती गर्नुपर्ने आफ्नो भनाइ राख्नुभयो।

चिनियाँ राष्ट्राध्यक्ष सीले सङ्कटको शान्तिपूर्ण समाधानका लागि हितकर हुने सबै प्रयासको चीनले प्रोत्साहन र समर्थन दिएको कुरा व्यक्त गर्नुका साथै चीनले जर्मनीलगायत सम्बन्धित पक्षसँग घनिष्ठ सम्पर्कलाई कायम राख्ने उल्लेख गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn