नेपाली

चीनका राष्ट्राध्यक्ष र भियतनामको राष्ट्रिय सभाका अध्यक्ष बीच वार्ता

CRIPublished: 2024-04-08 14:56:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ८ तारिख पैचिङमा भियतनामको राष्ट्रिय सभाका अध्यक्ष भुङ डिन्ह ह्वेसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, दुई पक्षले साझा प्रयासमा चीन र भियतनाम भाग्य समुदायको निर्माणमा अझ बढी उपलब्धि हासिल गरेर आफ्नो आधुनिक निर्माणलाई अझै बलियो बनाउनुपर्छ। यसरी दुई देशका जनतालाई अझ बढी फाइदा पुर्याउनुकासाथै विश्वको समाजवादी कार्यमा समेत अझ बढी योगदान दिनसकिनेछ।

वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिमा गहन तथा जटिल परिवर्तन भइरहेको छ। समाजवादी परिपाटी र राष्ट्रिय स्थिरता तथा विकासको संरक्षण चीन र भियतनामको साझा फाइदा हो। दुई पक्षले उच्च स्तरीय विश्वासमार्फत् चीन र भियतनाम भाग्य समुदायको विचारलाई सुदृढ पार्नुपर्ने, उच्च गुणस्तरीय सहयोगमार्फत् चीन र भियतनाम भाग्य समुदायको आधारलाई बलियो बनाउनुपर्ने र उच्च राजनीतिक ज्ञानमार्फत् चीन र भियतनाम भाग्य समुदायको निर्माणलाई अगाडि बढाउनुपर्ने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn