नेपाली

सी चिनफिङद्वारा डेनमार्कका नयाँ राजा फ्रेड्रिकलाई टेलिफोनमार्फत् बधाई सन्देश

CRIPublished: 2024-01-15 14:33:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

१४ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रेड्रिक दशौंलाई डेनमार्कका नयाँ राजा नियुक्त हुनुभएकोमा टेलिफोनमार्फत् बधाई ज्ञापन गर्नुभएको छ।

सो क्रममा, सी चिनफिङले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७४ वर्षयता दुई देशबीचको सम्बन्धको विकास भइरहेको भन्दै दुई देशबीचको विभिन्न क्षेत्रहरूका सहकार्यहरूबाट फलदायक नतिजाहरू प्राप्त भएको र जनताहरूबीचको मित्रता गहन हुँदै गएको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘मैले चीन-डेनमार्कको विकासलाई उच्च मूल्याङ्कन गरेको छु र दुई देशबीचको व्यापक रणनीतिक साझेदारी नयाँ उचाइमा पुर्याउन र दुई देशका जनताहरूलाई थप हित पुर्याउन डेनमार्कका राजा फ्रेड्रिक दशौँसँग मिलेर काम गर्ने इच्छा लिएको छु।’

सोही दिन सीले टेलिफोनमार्फत् राजगद्दी त्याग गर्नुभएकी डेनमार्ककी महारानी मार्गृथ द्वितियलाई पनि शुभकामना व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn