नेपाली

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको चियापान समारोहमा सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन

criPublished: 2023-12-29 19:43:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिले डिसेम्बर २९ तारिख विहान चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन भवनमा नव वर्षको चियापान समारोहको आयोजना गरेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चियापान समारोहलाई महत्वपूर्ण सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणको आधारमा बलियो देश निर्माण र राष्ट्रिय पुनःउत्थान महाकार्यलाई अघि सार्नु नै नयाँ युग र नयाँ यात्रामा चिनियाँ कम्युनिष्ट पार्टी र देशको केन्द्रित कार्य र नयाँ युगमा सबभन्दा ठूलो राजनीति रहेको कुरामा जोड दिनुभयो। उहाँले सबभन्दा व्यापक देशप्रेमी एकीकृत मोर्चालाई सुदृढ र विकास गरी चिनियाँ शैलीको आधुनिकीकरणको भव्य अध्याय संयुक्त रूपमा लेख्नुपर्ने दोहोर्याउनुभयो।

सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राज्य परिषद र केन्द्रीय सैन्य आयोगको तर्फबाट विभिन्न प्रजातान्त्रिक पार्टी, उद्योग तथा वाणिज्य संघ, स्वतन्त्र व्यक्तिहरू, देशका विभिन्न जातिका जनता, हङकङ देशबन्धु, मकाउ देशबन्धु, थाइवान देशबन्धु, विदेशमा चिनियाँ प्रबासी, चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणमा ख्याल र समर्थन गर्ने विभिन्न मुलुकका साथीहरूलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn