नेपाली

चिनियाँ केन्द्रीय ग्रामीण कार्य सम्मेलन पैचिङमा आयोजित

criPublished: 2023-12-20 19:50:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ केन्द्रीय ग्रामीण कार्य सम्मेलन डिसेम्बर १९ देखि २० तारिखसम्म पैचिङमा आयोजित भएको छ। नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवाद सम्बन्धी सी चिनफिङको विचारधाराको आधारमा सो सम्मेलनले "कृषि, ग्रामीण क्षेत्र र किसान" कार्यको वर्तमान अवस्था र चुनौतीहरूको विश्लेषण गर्नुका साथै सन् २०२४ वर्ष "कृषि, ग्रामीण क्षेत्र र किसान" कार्यलाई पनि परिचालन गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले "कृषि, ग्रामीण क्षेत्र र किसान" को कार्यका लागि महत्त्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले सबै तहका पार्टी समिति र सरकारहरूले कृषि र ग्रामीण आधुनिकीकरणलाई तीव्रता दिन र चिनियाँ शैलीको आधुनिकीकरणलाई अझ राम्रोसँग प्रवर्द्धन गर्नुका साथै ग्रामीण पुनरुत्थानलाई बलियो र प्रभावकारीको रूपमा बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn