चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कुवेतका नयाँ अमिर मिशाललाई बधाई सन्देश
राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख कुवेतका नयाँ अमिर मिशाललाई कुवेतको अमिरको उत्तराधिकार प्राप्त गर्नुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।
सी चिनफिङले चीन र कुवेत बीच परम्परागत गहिरो मित्रता रहेको र कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षभन्दा बढी समयमा द्विपक्षीय सम्बन्धमा विशाल प्रगति भएको बताउनुभएको छ।
चीन र कुवेतले एकअर्काको मुख्य हितका विषयहरूमा सधैँ दृढतापूर्वक एकअर्कालाई समर्थन गर्दै आएका छन्। दुई देशबीच विभिन्न क्षेत्रमा भएका आदानप्रदान र सहयोगको सकारात्मक प्रगति भएको छ र दुई देशबीचको मित्रता निरन्तरताका साथ सुदृढ र प्रगाढ भएको छ।
राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो, म चीन र कुवेत सम्बन्धको विकासलाई उच्च महत्त्व दिन्छु। चीन र कुवेत बीचको रणनीतिक साझेदारीलाई उच्च स्तरमा प्रवर्द्धन गर्न र दुई देशका जनताको हितलाई अझ राम्रो बनाउन अमिर मिशालसँग मिलेर काम गर्ने इच्छा लिएको छु।