नेपाली

सी चिनफिङद्वारा क्वाङ सीको निरीक्षण

CRIPublished: 2023-12-15 20:24:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हालै क्वाङसीको निरीक्षण गर्दै भन्नुभयोः क्वाङ सीले नवीनता र परिवर्तन गर्नुपर्छ, बलियो र खुला विकासतर्फ विकास गर्नुपर्छ। जातीय क्षेत्रको उच्च गुणस्तरिय विकासलाई बढाउँदा ठूला उपलब्धिहरू हासिल गर्नुपर्छ। नयाँ युगमा चिनियाँ विशेषतायुक्त क्वाङ सीको निर्माण तथा चिनियाँ शैलीको आधुनिकीकरणको अध्याय लेख्न क्वाङसीले प्रयास गर्नुपर्दछ।

डिसेम्बर १३ तारिख भियतनामको राजकीय भ्रमण गर्नुभएपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले स्वदेश फर्कनुभएको थियो। १४-१५ तारिख उहाँले क्वाङ सीको नाननिङ, लाइपिन लगायतका ठाँउ पुग्नुभई त्यहाँको बैदेशिक खुलापन परियोजना, आबास क्षेत्र, ग्रामीण क्षेत्र तथा उद्यमहरूको निरीक्षण गर्नुभएको हो।

डिसेम्बर १४ तारिख बिहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङसीको नान निङ शहरको निरीक्षण गर्नुभएको छ। उहाँले चीन-आशियान सूचना बन्दरगाह कम्पनी लिमिटेड तथा नान निङ ल्याङ छिङ क्षेत्र पान लौङ बसोबास समुदायमा गएर चीन-आशियान आर्थिक व्यापारिक सहयोग तथा सूचना उद्योगको निर्माण तथा यसको प्रयोग बारे जानकारी लिनुकासाथै सहरी समुदाय सुशासन प्रणालीलाई पूर्णता दिलाउने र जातीय एकरूपतालाई सबल पार्ने आदि विषयबारे जानकारी लिनुभएको छ।

१४ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङ सीको लाइ पिन शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। त्यस क्रममा उहाँले लाइ पिन शहर अवस्थित राष्ट्रिय आधुनिक कृषि उद्यान ह्वाङ आन उत्कृष्ट चिनी कारखाना र तुङ थाङ फङ ह्वाङ लिमिटेड कम्पनी गएर उखु खेती, हुर्काउने विधि तथा प्रविधि र चिनी व्यवसायको विकास लगायतका विविध अवस्थाबारे जानकारी लिनुभएको छ।

१५ तारिख बिहान सीले क्वाङ सी चुवाङ जातीय स्वायत्त प्रदेशीय चिनियाँ कम्युनिष्ट पार्टी कमिटी र स्थानीय सरकारको कार्य प्रतिवेदन सुन्नुभएको छ र विभिन्न काममा क्वाङ सीले हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुभएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn