नेपाली

सी चिनफिङद्वारा हनोइ पुगी भियतनामको राजकीय भ्रमण सुरु

CRIPublished: 2023-12-12 16:27:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार डिसेम्बर १२ तारिख मध्यान्ह चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा हनाइ पुग्नु भएको छ। उहाँ भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ र भियतनामका राष्ट्राध्यक्ष भो वान थुओङको निमन्त्रणामा भियतनामको राजकीय भ्रमणमा जानु भएको हो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विमानस्थलमा लिखित सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनताको तर्फबाट भियतनाम कम्युनिष्ट पार्टी, भियतनाम सरकार र भियतनामी जनतालाई हार्दिक अभिवादन गर्नुभयो। सीले भियतनाम एशियाको महत्वपूर्ण मुलुक र आशियानका महत्वपूर्ण सदस्य मुलुक रहेको भन्दै हालैका वर्षहरूमा भियतनाम कम्युनिष्ट पार्टीको नेतृत्वमा भियतनामी जनताले राष्ट्रिय अवस्थासित अनुकूल हुने विकास बाटो सक्रियताका साथ अन्वेषण गरेको र सुधार कार्यलाई चौतर्फी रुपमा अगाडि बढाएको बताउनुभयो। उहाँले यस पटकको भ्रमणलाई सुअवसरका रुपमा राखेर भियतनामका नेता कमरेडसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्ने अपेक्षा पनि व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn